पूर्वराजालाई कारबाही गर्न सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानविपरीत कार्य गरेकाले कारबाही गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै पूर्वराजा शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका हुन् ।

२०६५ जेठ १६ गते शाही निशाना हटाएपनि अहिलेसम्म त्यो प्रयोग गरेर संविधानविपरीत काम गरेको उनको सांसद खतिवडाको भनाइ छ । उनले त्यो काम कसरी हुने अवस्था आयो भन्दै प्रश्नसमेत गरे।