माओवादी मोर्चामा मिसिएर काम गर्न कुनै समस्या छैन: महासचिव विप्लव
विराटनगर। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी शक्तिहरूबीच एकता हुने सम्बन्धमा एउटै पार्टी बनाउन केही समय लाग्ने तर मोर्चा बनाएर अघि बढ्न सकिने बताएका छन्।
विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको वर्तमान राजनीति र समाजवादको यात्रा विषयक अन्तरसंवादमा उनले यस्तो बताएका हुन्।
गणतन्त्र जनताको अपेक्षाअनुसार प्रणाली कार्यान्वयन हुन नसक्दा जनतामा असन्तुष्टि बढेको बताएका छन्। गणतन्त्र आउनु मात्रै पर्याप्त छैन र जनताको अपेक्षाअनुसार यो प्रणाली कार्यान्वयन हुन नसक्दा जनतामा असन्तुष्टि बढेको होु उनले भने।
वर्तमान नेपाली समाजमा देखिएका समस्याहरूको विषयमा बोल्दै उनले दलाल पुँजीवादका कारण अर्थ राजनीतिक संकट उत्पन्न भएको दाबी गरे।उत्पीडित वर्ग,दलित,महिला र मधेसीहरू अझै पनि सन्तुष्ट भएको उनले बताए।
वैज्ञानिक समाजवाद समस्याको निकास रहेको बताउँदै पश्चगमन फर्किनु भनेको दुर्घटना हुनु रहेको उनले बताए। उनले भने,निकास अग्रगमन र गणतन्त्र नै हो।