दक्षिण एसियामा सबैभन्दा खुसी नेपाली

काठमाडौं । नेपाल दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशको सूचीमा पर्न सफल भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५का अनुसार दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ ।

डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औँ स्थानमा रहेको छ भने पाकिस्तान १०९औँ स्थानमा रहेको छ ।

यस्तै छिमेकी मुलुक भारत भने ११८औँ स्थानमा रहेको छ । यसैगरी श्रीलंका १३३औँ स्थान, चीन ६८औँ स्थान, अमेरिका २४औँ स्थान र बंगलादेश १३४औँ स्थानमा रहेको छ ।

यसैगरी विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ। यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका,सातौ स्थामा नोर्वे,आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औँ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ।

जीवनको मुल्यांकन, सकारात्मक सोच, नकारातम्क भावना र जीवनको मुल्‍यांकन तथा भावनाको तुलनात्मक अध्‍ययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ।