महायज्ञ प्रकरण: गृह मन्त्रालय तानिए सिराहाका सीडीओ
काठमाडौं । सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गृह मन्त्रालय तानिएका छन् । गृह मन्त्रालयले सोमबार वासुदेव दाहाललाई लाई फिर्ता बोलाउँदै उनको स्थानमा विश्वप्रकाश अर्याललाई पठाएको छ ।
महायज्ञ गर्न दलित परिवारको घर भत्काएको भन्ने विषयमा सत्यतथ्य छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । सोही अनुसार दाहाल मन्त्रालय तानिएका हुन् ।
औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नकै लागि घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ ।