०८४ सम्म म प्रधानमन्त्री बन्दिन: अध्यक्ष दाहाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहने बताएका छन्।
आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए । उनले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् ।
उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।
सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने उनले बताए । सरकारमा हुँदा आफूले भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको उनले बताए ।