सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा प्यान अपडेट सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले घरमै बसेर बैंकको मोबाइल बैंकिङ एपमार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सकिने सुविधा ल्याएको छ । त्यस्तै, ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा पनि एपमार्फत नै अनुरोध गर्न सकिनेछ ।

एपमा यी सुविधा थप भएसँगै ग्राहकले शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले देशैभरका एक सय ९९ शाखा, एक सय ६६ एटिएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।