गृहमन्त्री लेखकद्वारा ईएमआईटी कलेजको शिलान्यास
काठमाडौं। गृहमन्त्री रमेश लेखकले नवलपुरको गैडाकोटमा सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज वेस्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्ट (ईएमआईटी) को शिलान्यास गरेका छन्। गृहमन्त्री लेखकले आज कलेजको शिलान्यास गरेका हुन्।
सुदूरपश्चिम विश्वविद्यालयको विकास र विस्तार भएकोमा खुसी लाग्यो। मलाई सुदूरपश्चिम विश्वविद्यालय स्थापना गर्दा कानून बनाउनुका साथै कञ्चनपुरमा स्थापना गर्न काम गरेको स्मरण गर्दै निकै खुसी लाग्यो,शिलान्यास पछि गृहमन्त्री लेखकले भने। साथै उनले विश्वविद्यालय र कलेजको प्रगतिको कामसमेत गरेका छन्।