ट्याक्टर र स्कुटी ठोक्किदा एक जनाको मृत्यु
कन्चनपु । कञ्चनपुरमा ट्याक्टर र स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–११ मा म १ त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडिको भागमा ठोक्किएको थियो।
दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो।
तर, भारत नलग्दै चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ। स्कुटी चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।