सुनचाँदीको मूल्य घट्यो, तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा आज ९आइतबार० सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।