धनुषामा एक युवकको विभत्स हत्या
जनकपुरधाम । धनुषामा एक युवकको विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो ।
उनको शव गौशाला नगरपालिका ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ ५ फेला परेको प्रहरीले जनाएको छ । शव शुक्रबार साँझ साढे फेला परेपनि उनको सनाखत भने शनिबारमात्र भएको थियो । प्रहरीले हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
महोत्तरी प्रहरी प्रवक्ता एवं डिएसपी सन्तुलाल जयसवारले शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको देखिएको बताए । प्रहरीका अनुसार शिवशंकरको शव नग्न अवस्थामा खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ ।
स्थानीयका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए ।
मृतकका भाइ राम महतोका अनुसार एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए । त्यहाँबाट श्रीमती सृजनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएकी थिइन् । एउटामा १० महिने छोरासहित सृजना चढेकी थिइन् भने अर्कोमा शिवशंकर चढेका थिए ।
शिवशंकरको घरमा सबैले ससुराली पुगे भनेर ढुक्क थिए। तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट मान्छे पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउँदा त्यहाँ पुगेपछिमात्र छोरा ससुराली नपुग्दै हत्या भइसकेको परिवारले थाहा पाएका थिए ।
केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन्।
उनलाई श्रीमती सृजनाले नाना ९हजुरबुबा०को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ। मृतकका भाइ रामले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरीसँग माग गरेका छन्।