कौडा खेलिरहेका १६ जना पक्राउ

काठमाडौं। नुवाकोटमा कौडा खेलिरहेका १६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–६, खोलेगाउँका ३२ वर्षीय सुरेन्द्र तामाङसहितका व्यक्तिहरू छन्।

नगद चार लाख १२ हजार ८०० रुपैयाँ, ६ बुक तास र ३२ थान कौडासहित तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई शनिबार राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।