ओली,देउवा र प्रचण्डबिच भेटवार्ता हुँदै

काठमाडौं । शान्ति प्रक्रियाको बाँकी काम अघि बढाउने विषयमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ।

हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्किएपछि शीर्ष नेताबिच छलफलको तयारी रहेको नेताहरुले दाबी गरेका छन्।

अभियानको क्रममा चितवनमा रहेका प्रचण्ड आज काठमाडौँ फर्किने कार्यक्रम छ। त्यसपछि शीर्ष नेताहरूबिच शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल हुने तयारी छ।

शान्ति प्रक्रियाबाहेक अन्य विषयमा भने छलफल नहुने माओवादी नेताहरूले जिकिर गरेका छन्। यसअघि प्रधानमन्त्री केपी ओलीले संसदबाटै प्रचण्डले छलफलका लागि समय नदिएको गुनासो गरेका थिए।