
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।
राष्ट्रपति निवास शीतलनिवासमा आइतबार उक्त प्रतिवेदन बुझाएका हुन् । प्रधानमन्त्री ओली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उच्च अधिकारीहरूसहित पुगेका थिए।