आज केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशैभरि आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान छ। यस्तै, दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान रहेको छ।

सोमबार राति पनि दैशभरि आंशिक बदलीदेखि मुख्यतया सफा रहन पूर्वानुमान छ । काठमाडौं उपत्यकामा पनि सोमबार मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।