पूर्वराजालाई तह लगाउने रणनीति बनाउदै देउवा,ओली–प्रचण्ड र माधव, के गर्लान त राजावादीहरू ?

काठमाडौं। विगतमा चर्चामा मात्र सिमित देखिएका पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय भिडेरै जाने मुडमा देखिन थालेका छन्। आफूप्रति देखिएको जनताको सहानुभूति र बढेको चर्चाकाबीच उनी मुखर नै सुनिन थालेका छन्। जसको सुरुवात फागुन ७ को शुभकामना सन्देशबाट सुरु गरेका उनी आफूलाई खतरा हुन सक्ने अवस्थाको समेत बेवास्ता गरेर अघि बढेका देखिएका छन्।

अर्थात उक्त शुभकामना सन्देशमा राजनीतिक दलहरुलाई प्रश्न गर्दै आफ्नो मौनता र त्यागलाई कमजोरी नठान्न चेतावनी समेत दिएका थिए। उनले अवस्था प्रतिकूल हुन सक्ने सम्भावनालाई समेत बेवास्ता गर्न थालेका छन्। वर्तमान अवस्थामा राजावादीहरु नै एक छैनन् भने भारतले केपी शर्मा ओली तह लगाउन उचालिरहेको आक्षेप लागिरहेको छ।

पूर्वराजाको सक्रियताले कम्युनिष्ट पार्टीहरु विक्षिप्त भएका बेला कांग्रेसमा भने व्यापक ध्रुवीकरणका बीच कित्ता क्लीयर पारेको छ। शनिबार पूर्वराजा शाहले गोरखाबाट अब बोल्न नडराउन र शान्तिपूर्ण कदम चाल्न आह्वान गरेसँगै महासंग्रामको शंख फुकेको अर्थमा हेरिँदा धेरैले कांग्रेसको निर्णय कुरिरहेका थिए।

अर्थात, चैत महिनामा राजावादी र गणतन्त्रवादीको मूठभेड उत्कर्षमा पुग्ने तय हुँदा सहमतिमै मुलुकलाई निकास दिने वा रक्तपात भन्ने विषय कांग्रेसमै निर्भर रहेको राजावादीहरुको बुझाई छ। कांग्रेसले भने संविधान र गणतन्त्रप्रति प्रतिबद्ध रहेको निष्कर्ष निकालेको छ।

त्यस्तै संक्रमणकालीन न्याय टुंग्याउने दुई आयोगमा पदाधिकारी चयनबारे प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुँने भने पनि पूर्वराजाविरूद्ध कसरी जानसकिन्छ भन्ने विषयमा पनि छलफल हुने आकलन गरिएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज अपराह्न छलफल हुन लागेको हो।

अपराह्न ४ बजे सिंहदरबारमा छलफल तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिएका छन्। शीर्ष नेताहरूको छलफलपछि शान्ति प्रक्रियाको बाँकी काम अब अघि बढ्ने बताइएको छ।

सात महिना अगाडि नै सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (टिआरसी) ऐन बनाएका प्रमुख दलहरू संक्रमणकालीन न्याय टुंग्याउने आयोगहरू गठनको प्रयासमा लागे पनि पूर्वराजालाइ कसरी हुन्छ तहलगाउने भन्ने बारे छलफल गरिने बताइएको छ। गणतन्त्रवादी नेताहरू पूर्वराजाविरूद्ध कसरी एक हुन सकिन्छ भनेर छलफल गरिएका छन्।