सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं। सुनको मूल्य सोमबार सामान्य घटेको छ। आइतबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो।

आइतबार तोलाको एक हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य भने  सोमबार पनि स्थिर रहेकाे छ।