कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो।

घिसिङ २०७८ साउन २५ गते दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो।

डेडिकेटेड र ट्रंकलाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच टकराव थियो। यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो।