पूर्व पतिसँग बोलेको निहुँमा श्रीमतीको हत्या
काठमाडौं । झापाको कनकाई नगरपालिका–५ मा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।गएराति कनकाई–५ नारायणदल चोकमा ३९ बर्षीय लालबहादुर सार्कीले ४० बर्षीया श्रीमती मनिषा लिम्बु मग्रान्तीको हत्या गरेका हुन् । उनले श्रीमतीको हत्यापछि आत्महत्याको प्रयास गरेका छन्।
लालबहादुरको घाँटीमा गम्भीर चोट लागेको र उपचारका लागि बिएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आफ्नै मनिषाले पूर्व श्रीमानसँग फोनमा बोलेको निहुँमा लालबहादुरले खुकुरी प्रहार गर्दा मनिषाको मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ।
ताप्लेजुङ सिनाम घर भएका उनीहरु नारायणदल चोकस्थित योगेन्द्र बस्यालको घरमा भाडामा बस्दै आएका थिए ।