त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते

काठामाडौं । कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा एक जनाको मृत्यु भएको छ। आज बिहान बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चौधकिलोबाट त्रिशुलीमा खस्दा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका रामनारायण यादवको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएका छन् ।

उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ट्रक अनियन्त्रित भई आफैं त्रिशुलीमा खसेको थियो।