आज मिति २०८१ साल चैत १३ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट टाढिनु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । धन आर्जनमा राम्रो दिन छ ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागेपनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । राम्रो कमाइका कारण सुख मिल्नेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अचानक कमाइ हुनेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आर्थिक कारोवार अति आवश्यक अवस्था बाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । नसोचेको ठाँउमा खर्च हुन सक्छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठेपनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । आफन्त मिलनले सुख दिनेछ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । पैसा कमाउने योग छ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ । आटेको काममा सफलता मिल्नेछ। अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने सम्भावना पनि रहेको छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन्। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढि रहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । वादविवादको सामना गर्नुपर्ला।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। जागिरको काममा डर हुनेछ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ । रमाइलो दिन छ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएपनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । अप्रत्याशित लाभ हुनेछ । केही हानि हुन सक्छ, सावधान रहनु होला।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछ। अनावश्यक झमेलामा परिएला।