आठ महिनामा विदेशबाट आयो ५६ अर्बको खानेतेल

काठमाडौं। नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब रुपैयाँको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रूपमा बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा यसवर्ष आयात ११.२० र निर्यात ५७।२० प्रतिशतले बढेको छ। अर्थात् गत वर्षको तुलनामा यो वर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ ।

पछिल्लो आठ महिनामा रू एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँको भटमास ९सोयाबिन० तेल निर्यात गरेको छ । त्यस्तै, सात अर्ब ९८ करोड २३ लाख रुपैयाँको सूर्यमुखी तेल पठाएको छ।