काँग्रेस र एमाले मिलेर बनेको दुई तिहाईको सरकार जनताको नजरमा नांगिदै

काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमाथि प्रश्नहरु पेचिला बन्न थालेका छन्। सरकारले विषम परिस्थितिकाबीच अनेक निर्णय गर्ने र जनभावनाको सम्बोधनमा ध्यान नदिदा असन्तुष्टी चुलिएको छ। तर, सरकार भने प्रतिपक्षी रचनात्मक नभएकोदेखि गलत भाष्य निर्माणमा लागिपरेको आरोपमा उत्रिएको छ ।

संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्दैगर्दा धेरैले संसद प्रतिपक्षीबिहीन बन्ने त होइन भन्ने चिन्ता देखाएका थिए । यसको कारण थियो, ३२ सिटको माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको हैसियतमा हुनु।

माओवादी केन्द्रको संसदीय अंकगणित र उनीहरुले गर्ने कार्यसम्पादनमा देखिएका समस्यालाई ठूलो समस्याको रुपमा लिने स्थिति बनेको थियो । तर, अहिले दुई तिहाईको बलशाली सरकार प्रतिपक्षीबाट थाकेको छ।

सरकारले राम्रो गर्दा गर्दै प्रतिपक्षीले सबै बिगारेको भन्न थालेको छ। प्रधानमन्त्री केपी ओलीले आफू बच्न प्रतिपक्षीले सरकारको बदनाम गर्न थालेको आरोप लगाएका छन्।

प्रधानमन्त्री ओलीले किन यस्तो आक्षेप लगाए रु के प्रतिपक्षीले सरकारमाथि अनेक बदनामका श्रृङ्खला नै चलाएको हो रु यसका अनेक आयामबारे बहस छलफल शुरु भएको छ। उसोतः प्रतिपक्षी दलहरुले सरकार निर्माण नै भ्रष्टाचारको संरक्षण र कुशासनतर्फ देशलाई लैजाने षडयन्त्रको रुपमा भएको आरोप लगाउने भने गरेका छन् ।

यी प्रतिनिधि आवाज हुन् । प्रायः दलहरुले सरकारमाथिका प्रश्नलाई पेचिलो बनाएकै छन्।सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले पनि सरकारको गति सही दिशातर्फ नहिडेको आरोप खुलेआम लगाउने गरेका छन्।

सरकारमाथिका आरोप र सुशासन

सरकारमाथिका प्रश्नहरु विभिन्न ढंगले उठेका छन् । गणतन्त्रमाथिको प्रश्न पेचिलो बनिरहेको बेला सरकारले चालेका कदममा नागरिक आक्रोश चुलिएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षीमाथि आरोप जति लगाइरहेका छन, त्यसमा उनको साथ दिने स्थिति जनस्तरमा देखिन्न ।

सरकार अलोकप्रियताको ग्राफमा उकालो यात्रा तय गर्नमै केन्द्रित भएको देखिन्छ । कांग्रेसकै नेताहरुले सरकारको कदमप्रति कडा प्रश्न र टिप्पणी गरेका छन् । भने सरकारका अहिलेका कदमबाट गणतन्त्र खतरामा पर्ने चर्चा समेत शुरु भएको छ ।

सुशासनको पक्षमा सरकारले देखाएका रवैया र नेता कार्यकर्तामाथिका आरोपमा राज्य शक्तिको दुरुपयोगका घटनाले पनि सरकार रक्षात्मक बन्दै गएको छ । संख्याका हिसाबले सरकारसँग दुई तिहाई बहुमत भएपनि जनस्तरमा सरकारको आलोचना चुलिएको छ । सामान्यतया सत्तारुढ दलका नेतादेखि सरकारी अधिकारीहरुले दिने सकारात्मक सन्देशमा समेत आक्रोश भेटिने गरेको छ । नागरिकले तुच्छ टिप्पणी गर्नेदेखि नेता लल्कार्ने परिस्थिति नै सिर्जना भएको छ ।

सरकारबारे सर्वसाधारण

सरकारले अहिलेको स्थिति सिर्जना हुनुमा प्रतिपक्षीलाई आरोपित गर्न थालेको छ । संसदमा कमजोर देखिएको प्रतिपक्षीमाथि प्रधानमन्त्री केपी ओलीले लगाएको आरोप कति सत्य रु जनताले प्रधानमन्त्रीको आरोपलाई स्वीकार गर्ने स्थिति छ रु तमाम प्रश्नकाबीच हामीले देशका विभिन्न क्षेत्रका सर्वसाधारणलाई ’सरकारको बदनाम गर्न प्रतिपक्षीहरु लागे ।

रचनात्मक भएनन भनेर प्रधानमन्त्री केपी ओलीले भन्नुभएको छ । के सरकार सही बाटोमा हुँदाहुँदै प्रतिपक्षी दल र नेताहरुले अनेक आरोप लगाउन थालेका हुन् रु’ भनेर सोधेका छौं । अब हेरौं उनीहरुको भनाई जस्ताको त्यस्तै ।

शासक र प्रणालीमाथिका प्रश्न

नेपालले हरेक दशकमा कुनै न कुनै आन्दोलन व्यहोर्ने गरेको छ । २०७२ को संविधान घोषणापश्चात समेत मधेस आन्दोलनदेखि अहिले गणतन्त्रविरोधि आवाजको सामना गर्ने स्थिति बनेको छ । नेपाली जनताहरुले किन यस्ता आन्दोलन र प्रदर्शनमा रुची देखाइरहेका छन् रु यो रोचक कुरा छ।

प्रजातन्त्रको पक्षमा लागेका नारादेखि स्वतन्त्रताका आन्दोलनपछि फेरि नागरिक निरंकुश बन्नसक्ने सम्भावना बोकेको राजसंस्थाको पक्षमा खुल्न थालेका छन्। यसले के संकेत गर्दैछ भने नेपालीहरुमा विद्रोही चेत पूर्णरुपमा विकास भएको छ तर, विद्रोहपछिको समाधानको उपायमा खासियत भेटिन्न।

समस्या समधानमा नेतृत्व चुक्ने, भ्रष्टाचारमा रम्ने, सुशासनको सवालमा चुक्नेदेखि जनतालाई मतदाताको रुपमा मात्रै लिने प्रवृति मौलाएका कारण पनि समस्या जगडिन पुगेको छ। यस्ता प्रश्नको समाधान राजनीतिक समझदारी र पारदर्शीताबाहेकमा भेटिएला रु यो जनताले नेतालाई सोध्ने प्रश्न बनेको छ।