काभ्रे जिल्ला समन्वय समितिका प्रमुख गौतम पक्राउ

काठमाडौं। काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम पक्राउ परेका छन्।

उनलाई बैंकिङ कसुरको ठगीमा पक्राउ गरिएको हो। उनलाई अदालतको फैसलाअनुसार कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँका परिसरका प्रवक्ता एसएसपी अपील बोहोराले जानकारी दिए।

उनी अखिलका पूर्व अध्यक्ष तथा नेकपा एसका नेता समेत हुन्।