नबिल बैंकको कामु सीईओमा ज्ञवाली नियुक्त
काठमाडौं । नबिल बैंककाे कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनाेजकुमार ज्ञवाली नियुक्ति भएका छन्। उनले विभिन्न बैंकमा काम गरेको अनुभव समेत रहेको छ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट ज्ञानेन्द्र ढुंगानाले भने राजीनामा दिएका छन्।
ढुंगानाले सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए। सञ्चालक समितिको आज बिहान बसेको बैठकले चैत १० गतेबाट लागू हुने गरी ढुंगानाको राजीनामा स्वीकृत गरेको छ।
ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका छन्। त्यही भएर उनले नबिल बैंकबाट सीईओ पदबाट राजीनामा दिएको बैंक स्रोत बताउँछ।
ढुंगानाको राजीनामा स्वीकृतिसँगै बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी मनोजकुमार ज्ञवालीलाई दिएको हाे। ज्ञवाली हाल बैंकमा वरिष्ठ नायब सीईओका रूपमा कार्यरत रहेका छन्।