१५ गतेको प्रदर्शनका लागि समाजवादी मोर्चाले तय गर्‍यो तीन रुट

काठमाडौं । समाजवादी मोर्चाले आगामी १५ गते काठमाडौंको भृकुटिमण्डपमा हुने विरोध प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ ।

बुधबार दिउँसो बसेको समाजवादी मोर्चाको १२ औं केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

उक्त सभामा लगभग डेढ लाख मान्छे उपस्थित हुने अपेक्षा राखिएको उनले बताए।१५ गतेको समाजवादी मोर्चाले गर्न लागेको विशाल विरोध प्रदर्शन र सभा कार्यक्रमलाई व्यवस्थित गर्ने भएको छ,’ उनले भने, ‘मास हजारौं संख्यामा उपस्थित गराउने निर्णय भएको छ।

त्यस्तै, गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान पनि भएको उनले बताए।
जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय भएको उनले बताए ।

कुन कुन रुट प्रयोग गरिन्छ  
रुट–१ :कोटेश्वर–नयाँ बानेश्वेर–माइतीघर–भृकटिमण्डप
रुट–२: कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकटिमण्डप
रुट–३ : नागपोखरी–पुतलीसडक–भृकुटिमण्डप