ललितपुरमा एक युवकको हत्या, आरोपी पक्राउ

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई पक्रेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

बुधबार राति ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछापकै रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो। हत्याको अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।