सुनचाँदीको मूल्य बढ्यो,तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो। आज सुन तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार पनि सुन तोलामा २ सय रुपैयाँले बढेको थियो। यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।