कुलमान पन्छाएका हितेन्द्रमाथि चुनौती चाङ, के जनताको मन जित लान् त ?

काठमाडौं। विवादै विवादका बीच हितेन्द्रदेव शाक्य फेरि नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आएका छन्। दोहो¥याएर प्राधिकरणको कार्यकारी निर्देशकमा आएका शाक्यको दोस्रो इनिङ्स चुनौती नै चुनौतीले भरिएको छ।

सरकारले कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेसँगै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पदबहाली गराएको छ।

चार वर्षअघि शाक्यलाई हटाएर घिसिङलाई नियुक्ति दिएको सरकारले यसपटक घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको जिम्मा दिएको हो। प्राधिकरणमा शाक्य दोस्रो इनिङ्स सम्हाल्न त आएका छन्, यसका साथै उनले थुप्रै चुनौतीहरू पनि सँगसँगै लिएर आएका छन्।

शाक्यलाई पहिलो चुनौती हुने छ, उद्योगीहरूबाट उठाउनु पर्ने अर्बांैको बक्यौता रकम। आम नागरिकले १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहँदा विशेष सेवा उपभोग गर्दै डेडिकेटेड फिडर र टं«कलाइनमार्फत् बिजुली उपयोग गरिरहेका उद्योगीहरूसँग उठाउनु पर्ने २८ अर्ब रुपैयाँ प्राधिकरणको खातामा ल्याउनु छ।

सरकार नै उद्योगीहरूको पक्ष पोषणमा लाग्दा उनका लागि यो काम त्यति सहज हुने देखिँदैन। कुलमान हटेपछि देशमा फेरि लोडसेडिङ हुने हल्लालाई गलत सावित गर्नु पर्ने चुनौती हुँदा दोहो¥याएर आएको अवसरमा खरो उत्रिने तयारीमा उनी देखिन्छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाईं मन्त्रीले नै भारतबाट विद्युत् आयात रोकिने बित्तिकै देशमा फेरि लोडसेडिङ सुरु हुने अभिव्यक्ति दिएको हुँदा नयाँ कार्यकारीलाई त्यो पनि एउटा चुनौती रहेको छ।

त्यसैले भारतीय बिजुलीको विकल्प खोज्दै उत्पादनमा ध्यान दिनु पर्ने छ। त्यसका लागि सीमित उद्योगीहरूको एकाधिकार जस्तै रहेको घेराबन्दी तोड्दै अन्यलाई पनि अनुमति र नवीकरणमा जोड दिनु पर्ने देखिन्छ।

त्यस्तै कुलमान आफूलाई पदबाट हटाइएपछि न्यायिक उपचार खोज्न न्यायालय पुगे भने अदालतले अन्याय गरेको बताएका शाक्यले कानुनी झमेलाको पनि सामना गर्नु पर्ने देखिन्छ ।

विद्युत् प्राधिकरणमा घिसिङले आमनागरिकमाझ जुन छवि बनाएका छन्, त्यसलाई कायम राख्नु त छदैँ छ । यदि साच्चिकै घिसिङको स्थानमा शाक्यले आफ्नो नियुक्तिको औचित्य पुष्टि गर्ने हो भने प्राधिकरणलाई नयाँ उचाईमा पु¥याउनुको विकल्प छैन।

नेपाल सरकारले १० वर्षमा १० हजार मेघावाट बिजुली भारतलाई बेच्ने भनिरहँदा त्यसलाई पनि साकार बनाउनु छ । भारत र बंगलादेशबाहेक अन्य मुलुकमा पनि विद्युत् निर्यात गर्नेबारे उनले पहल गर्नुपर्ने छ।

उनले प्राधिकरणलाई झन् पारदर्शी र व्यवस्थित बनाएर लैजाने र जनताको कुनै पनि गुनासो आउन नदिने गरि काम गर्नु पर्ने छ । जुन उनका लागि सोचे भन्दा निकै गाह्रो हुने जानकारको बुझाइ छ।

फाइदामा रहेको संस्थालाई थप नाफामा पु¥याउन उनले लिने निर्णय पनि महत्वपूर्ण हुने छ । शाक्यमाथि प्राधिकरणको पहिलो कार्यकाल सम्हाल्दै गर्दा चुहावट र अनियमितताको आरोप लागेको थियो।

नेपाल विद्युत् प्राधिरकणको कार्यकारी निर्देशकमा दोस्रो इनिङ शुरु गरेका उनै शाक्यले अहिले त्यही चुहावट रोक्न के कस्ता पहली कमद चाल्छन्, यसअघि लागेको अनियमितताको आरोपलाई कसरी चिर्छन्? र प्राधिकरणको अहिलेको क्षमता र अवस्थालाई थप उचाइमा पु¥याउन सक्लान् वा असफलताको दाग लगाउँछन् रु त्यो भने निकट भविष्यले निर्धारण गर्ने नै छ। त्यसका लागि केही समय कुर्नुको विकल्प पनि छैन।