अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा पेरिस कम्युनका सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त

विश्वव्यापी मजदुर वर्गको यो महाकाव्य केवल ७२ दिन मात्र चल्यो तर यसको प्रभाव शताब्दीौंसम्म रह्यो। प्रतिक्रियावादी शासकहरूले निर्दयतापूर्वक कालकोठरीमा झारेपछि करिब १५ हजार मजदुर मारिए र ४३ हजार मजदुर पक्राउ परे। अन्तर्राष्ट्रिय साहित्य र पत्रकारिता क्षेत्रमा यो घटनाले अमिट छाप छोड्यो।
मार्क्सवादी विचारधाराको यो पहिलो व्यावहारिक प्रयोगले विश्वभरका श्रमजीवी समुदायमा आशा र उत्साहको संचार गर्यो। आज, १५० वर्षपछि, हामी यस महान् क्रान्तिक अध्यायको इतिहास र शिक्षाबाट अनुपम प्रेरणा लिन्छौं। पेरिस कम्युनको कथा अझैपनि विश्वव्यापी श्रमजीवी वर्गको संघर्षको प्रेरणास्रोत बन्न रहेको छ।
प्रेस विज्ञप्ति
आज २८ मार्च । आजै दिन ,सन १९७१ मार्च २८ का दिन पेरिसका मजदुरहरुले सशस्त्र जनविद्रोह मार्फत् पेरिस (भर्साइल) को प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारेर ऐतिहासिक पेरिस कम्युनको निर्माण गरेका थिए। पेरिस कम्युन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा मार्क्सवादको पहिलो प्रयोग थियो। त्यसैले पेरिस कम्युन अन्तर्राष्ट्रियस्तरमा कम्युनिस्ट आन्दोलनमा एक युगान्तकारी परिघटना थियो , जसले विश्वका सर्वहारा श्रमजीवी वर्ग र उत्पीडित जनसमुदायलाई उत्साहित तथा आशावादी बनाएको थियो भने संसारभरका सबैखाले अवसरवादी , संशोधनवादी तथा प्रतिक्रियावादीहरुको मुटुमा ढ्याङ्ग्रो ठोकाएर थर्कमान तुल्याएको थियो। त्यसैले आज विश्भरका आधुनिक आौद्योगिक मजदुरहरु ,श्रमजीवी सर्वहारा वर्गी उत्पीडित तथा मुक्तिकामी जनसमुदाय र क्रान्तिकारी कम्युनिस्टहरुले १५४ औ वर्षगाँठ महान् तथा ऐतिहासिक पेरिस कम्युनको संझनास्वरुप स्थापना दिवसप्रति सम्मान प्रकट गर्दछन् र विश्व सर्वहारा क्रान्तिकाप्रति दृढ विश्वास व्यक्त गर्न गइरहेका छन्। यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकार , साहित्यकार तथा साँस्कृतिककर्मीहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकारले पनि त्यस महान् तथा ऐतिहासिक पेरिस कम्युनको स्थापनाको संझनास्वरुप सम्मान व्यक्त गर्दै ऐक्यबद्धता जाहेर गर्दछ।तर पेरिस कम्युन निर्माण भएकोमा प्रतिक्रियावादी सत्ताद्वारा प्रतिक्रान्ति भए पछि महान् पेरिस कम्युन ७२ दिन मै १८७१ मे ३० का दिन ढल्न पुगेको थियो र ३० हजार पेरिस कम्युनका निर्माता मजदुरहरुको हत्या गरिएको थियो भने ४९ हजार घाइते हुनुका साथै ४३ हजार मजदुरहरुलाई गिरफ्तार गरिएको थियो। पेरिस कम्युनको निर्माण पश्चात् प्रतिक्रान्तिको दु: खद परिघटना यति ठूलो नरसंहार विश्व कम्युनिस्ट आन्दोलनमा पहिलो घटना हो। पेरिस कम्युनको निर्माण भएको आज १५४ पुरा भइसकेको छ , तर छोटै अबधिमा पेरिस कम्युनको पतन भएको भए तापनि हामी यसको इतिहास र शिक्षा युगौं युगसम्म जीवन्त रहनेछ भन्ने विश्वास गर्दछौं । पेरिस कम्युनका महान् सहिदहरुप्रति हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रल लाल सलामीका साथै हार्दिक श्रध्दान्जली अर्पण गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित।
मिति : २८ मार्च २०२५
१५ चैत २०८१
स्थान : हेल्सिन्की , फिनल्यान्ड , युरोप ।
( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र