ओलीमाथि राजतन्त्रवादी मात्र होइन गणतन्त्रवादीबाटै प्रहार,सरकारमाथि संकट थपिदै
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजतन्त्रवादीले मात्र नभइ गणतन्त्रवादीबाटै खतरा बढ्दै गएको छ। ओली सरकारमाथि गणतन्त्रवादी र रातन्त्रवादीको दबाबले झन झन् संकट थपिदै गएको देखिएको छ।
गणतन्त्र भर्सेस राजतन्त्रको माहोल एकतिर,अर्कातिर मनमरी बोल्दै हिड्ने नेताहरुको प्रवृतिले राज्य सञ्चालनमा सुशासनको एजेण्डा बलियो कसरी बनाउने ? जनताका असन्तुष्टिलाई कसरी कम गर्ने भन्ने तिर ध्यान दिनुपर्ने नेताहरु जनता भड्काउन तल्लिन देखिन्छन्। नेताहरुको आरोप–प्रत्यारोपको शैलीले स्थिति थप विग्रने त होइन ? अबको परिदृष्य कस्तो देखिन्छ त ?
प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार दिएको अभिव्यक्ति हो यो। यो पनि विहीबार नै प्रधानमन्त्रीले बोलेको कुरा हो। अनि यो, बुधबार दिइएको अभिव्यक्ति।
र, यी दृष्य, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि भइरहेका विरुद्धका हुन्। अब एकैछिन संघीय संसदको माहोल हेरौं। कुलमानलाई हटाइएको विरोधमा राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठकनै चल्न नदिने गरि भइरहेका अवरोध।
अब प्रमुख प्रतिपक्षी दलका नेताको आरोपतर्फ लागौं। अनि, नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रधानमन्त्रीमाथि लगाएको आरोपको संवेदशिलता बुझौं। यो अभिव्यक्तिले प्रधानमन्त्रीमाथि कतिसम्मको आशंका छन् भन्ने प्रष्ट पारेको छ।
अहिलेको व्यवस्था नै फेरबदल गर्ने योजनामा प्रधानमन्त्री ओली रहेको बताइनु सामान्य कुरा होइन। यो आशंका कसरी उब्जियो त? उत्तर सहज छ,अहिले प्रधानमन्त्रीले राजतन्त्रको पक्षमा प्रदर्शन गर्छौ भन्ने शक्तिलाई तिमिहरु केही पनि होइनौं भनि उक्साहटमा ल्याउन खोज्नु नै प्रधानमन्त्रीमाथि आशंकाको खाडल बनाउने कार्य हो। प्रधानमन्त्री मात्रै होइन अन्य दलका शीर्ष नेताहरुका दिनहुँका अभिव्यक्ति राजतन्त्रवादीलाई चेतावनी दिने शैलीमा छन्।
शीर्ष नेताहरुका अभिव्यक्ति सुन्दा उनीहरुको ध्यान आफुहरु सच्चिएर देश चलाउछौं भन्नेमा छैन,बरु कसरी आउदो रहेछौं हेरौं त? भन्नेमा छ। सत्तापक्षकै नेताहरु पनि सरकारको चालचलनलाई ठीकै छ भनेर काँध हाल्ने स्थितिमा भने छैनन्। तरपनि सरकारको कुरो एउटै छ, हामी ठिक अरुले गरेको बेठिक।
देश, काल समय परिस्थिति हेरेर कदम चाल्नु पर्ने सरकार मनपरि बोली रहेको छ। समन्वयकारी भूमिका निर्वाच गर्दै परिस्थितिलाई शान्त बनाउनतर्फ सरकारले चासो दिएको देखिन्न । तर सरकारको यही शैलीमाथि प्रहार गर्दै राजाजादी समूह मौकामा चौका हान्ने दाउमा छ।
देशमा यस्तो हलचल मच्चिरहँदा अर्को बहस सतहमा छ,त्यो के भने आखिर यस्तो अस्थिरता मच्चाउन सहयोगी को हो त ? बाहिरी तत्व भारत हो रु यसैमा केन्द्रित भइ चिया चौतारीसम्मै गफ चुट्नेहरु उत्तिकै छन्। यस्ता विश्लेषण जति नै चलेपनि वास्तविकता के हो भने अब फेरि नेपालमा राजनीतिक संक्रमणकालीन अवस्थाको सृजना भइसक्यो।
नेताहरुले यसको तत्काल निकास निकाल्नु छोडेर भाषणबाजी गर्दै हिड्ने बेला होइन। राजनीतिक तरलताले नेताहरुलाई आफ्नो दुनो सोझ्याउन वा भन्दै राजनीतिक हिसाबकिताबमा नयाँ अध्याय कोर्न सहज होला। तर, सधैको यस्तो अस्थिरताले न त मुलुकको विकास हुन्छ, न त जनताले सुखको सास फेर्न पाउछन्। यसतर्फ नेताहरु मात्रै होइन अब जनताले पनि ध्यान दिएर कदम चाल्न आवश्यक छ।