काठमाडौं महानगरले आज एसईईका विद्यार्थीलाई घर पुर्याइदिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई घर फर्किन समस्या भएमा सवारी साधन उपलब्ध गराइदिने भएको छ ।
महानगरले घर फर्किन समस्या भएमा महानगर प्रहरी बललाई सम्पर्क गर्न भन्दै घरसम्म पुर्याइदिने जानकारी दिएको छ । परीक्षामा खटिने केन्द्राध्यक्ष र शिक्षकहरुलाई विद्यार्थीहरुलाई घर पठाउन सहजीकरण गरिदिन र आवश्यक परे आफैँ पनि सुविधा लिन समेत महानगरले अनुरोध गरेको छ ।
आज राजावादी र गणतन्त्रवादीको प्रदर्शनका कारण काठमाडौंमाा बिहानदेखि नै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । सोही कारण महानगरले यस्तो कदम चालेको हो ।
महानगरले बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालको फोन नं ९८५१०६८०९६, रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने ९८५१०९३१७६, नयाँ बसपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट ९८५१२३३६३३, टेकुतर्फका लागि, नगर प्रहरी निरीक्षक, प्रकाश पण्डित, ९८५१०५६३४६ र महानगर प्रहरी बलको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ सम्पर्क गर्न अनुरोध गरेको छ ।