सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च,तोलामा कति ?

काठमाडौं।सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो।

अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ।

यो मूल्य हालसम्मकै उच्च हो। यसअघि चैत ७ गते १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो। त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ।