राजावादीले पेरिसडाँडामा जलाए गाडी, बाइक तोडफोड
काठमाडौं। राजावादीहरुले कोटेश्वरको पेरिसडाँडा आसपास क्षेत्रमा गाडी तथा मोटरसाइकलमा तोडफोड र आगजनी गरेका छन् ।
काठमाडौंको तीनकुनेबाट तितरबितर भएका राजावादी समर्थक प्रदर्शनकारीहरुले पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय आसपासमा गाडीमा आगजनी र मोटरसाइकलमा तोडफोड गरेका हुन्। उनीहरु माओवादीको पार्टी कार्यालयभित्र पस्न खोजेका थिए ।
जसका कारण सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ । त्यस्तै उनीहरुले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयको सिसा समेत फुटाईदिएका छन्।