राजावादीले आगो लगाउँदा एभिन्युज टिभीका पत्रकारको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं । राजावादी समर्थकले तिनकुनेस्थित एक घरमा आगो लगाउँदा जलेर एक पत्रकारको मृत्यु भएको छ। एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको हो।

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले आगो लागेको घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेका जानकारी दिए।

एभिन्युज टेलिभिजनले लाइभमै तिनकुनेस्थित एक घरको छतबाट भिडिओ खिचिरहेका आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ। तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए।