माओवादीको पार्टी कार्यालय पुगेर गृहमन्त्रीले भने–उद्दण्डताविरुद्ध एक भएर प्रतिवाद गर्नुपर्छ
काठमाडौं। गृहमन्त्री रमेश लेखकले आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। हिजो राजावादीहरूले प्रदर्शनको क्रममा सो क्षेत्रका केही घरहरू तोडफोड गरेका थिए।
माओवादी पार्टी कार्यालय तोडफोडका लागि पुगेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले रोकोका थिए। सो क्रममा गृहमन्त्री लेखकले उदण्डताविरुद्ध एक भएर प्रतिवाद गर्नुपर्ने बताएका थिए।
संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आपसी प्रतिस्पर्धा हुन्छन्। जनताको अभिमत अनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ, यो स्वाभाविक कुरा हो तर जब व्यवस्था विरुद्ध कसैले उद्दण्डता प्रदर्शन गर्छ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छु, लेखकले भने।
लेखकसँगै सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख होतराज थापालगायत उपस्थित थिए ।