झापामा पक्राउ परे चार भुटानी शरणार्थी

काठमाडौं। अमेरिकाबाट डिपोर्ट भएका ४ भुटानी शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरुलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन्।

उनीहरु अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका थिए। त्यसक्रममा उनीहरु भाग्दै भारत हुँदै नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुले अध्यागमन कानुनको उल्लंघन गरेको पाइएको प्रहरीले जनाएको छ।चारै जनालाई आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय, काँकड्भिट्टा पठाउने तयारी भइरहेको बताइएको छ।