लाज हराएका संसदवादीहरु
- हस्तबहादुर केसी

राष्ट्रघातका सवालमा २०४८ सालको संसदीय निर्माणबाट सरकार सञ्चालन गर्न पुगेको नेपाली काँग्रेसका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणका क्रममा महाकाली पञ्चेश्वर बहुउद्देश्यीय गोप्य संझौता गरेर आफ्ना दाजुहरु सरकारमा भएको बखत मातृकाप्रसाद कोइरालाले २०११ सालमा गरेको राष्ट्रघाति कोसी संझौता र २०१६ सालमा गिरिजाप्रसाद कोइरालाले गरेको राष्ट्रघाति गण्डक संझौताा निरन्तरता दिँदा नेपाली काँग्रेस र स्वयं गिरिजाप्रसाद कोइरालालाई रत्तिपनि लाज लागेन ।
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र कुशल संगठन विभाग प्रमुख जीवराज आश्रितलाई षड्यन्त्रपूर्वक ढंगले २०५० साल जेठ ३ गते नारायणी नदिमा खसालेर हत्या गरिएको विषयमा छानबिनसम्म पनि गर्न सक्ने एमाले – काँग्रेसलाई रत्तिपनि लाज मानेनन् ।
तत्कालीन राजा वीरेन्द्र शाहलाई साँछी राखेर नेपाली काँग्रेस , एमाले र राप्रपा मिलेर २०५३ साल असोज ४ गते भारतसंग राष्ट्रघाति महाकाली सन्धि गरेर राष्ट्रघातको कलंकको टीका लगाउन उनीहरूलाई लाज , लागेन , उल्टै उनीहरूलाई भारतीय विस्तारवादको आडभरोसा , निर्देशन , सहयोग र ग्राण्डडिजाइनमा सरकारपुग्ने र टाँसिरहने मनोरोगले घरजग्गा गरिराख्यो ।
२०५२ सालदेखि तत्कालीन ” सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको राजतन्त्रामक बहुदलीय व्यवस्थालाई ध्वस्त गरौ , जनताको जनवादी राज्यसत्ता निर्माण गरौं ।” भन्ने मूल राजनीतिक नाराका साथ शुरु गरेको सशस्त्र जनयुद्धलाई राजनीतिक रुपले समाधान गर्नुको सट्टा प्रशासनिक दमनबाट समाधान गर्ने नीति लिएर किलो सेरा- टु प्रहरी अप्रेसन , सर्च एण्ड किल प्रहरी अप्रेसन सञ्चालन गरेर श्वयतआतंक आतंक मात्र मच्चाएनन् नरसंहार समेत गर्न काँग्रेस – एमालेहरुलाई लाज लागेन।
त्यति मात्र होइन , माओवादी जनयुद्ध नियन्त्रणका निहुँ बनाएर तत्कालीन नेपाली काँग्रेसको सरकारले प्रतिपक्षी एमालेको सहयोगमा मुलुकभर संकटकाल घोषणा गरेर तत्कालीन शाही नेपाली सेना परिचालन गरेर माओवादीका नाममा दशौं हजार नेपाली आमाकाआँटि तथा असल छोराछोरीहरुलाई सहिद बनाउन , हजारौंको ज्यान विपत्ता र घाइते – अपांग बनाउन र माओवादीका नेताहरुको टाउकाको मूल्य तोक्न उनीहरूलाई कुनै किसिमको लाज लागेन ।
२०५८ साल जेठ १९ तत्कालीन राजाक वीरेन्द्र शाहको बंश नास हुने गरि गरिएको दरवार हत्या भएको घटनाको निष्पक्ष छानबिन गर्न समेत आँट गर्न नसक्ने नक्चराहरुलाई कुनै लाज लागेन ।
यस बाहेक महान् दश वर्षे महान् जनयुद्धको जगमा सञ्चालन गरिएको १९ दिने २०६२/ ६३ को ऐतिहासिक संयुक्त जनआन्दोलनको माग अनुसार र महान् दश वर्षे जनयुद्धको प्रक्रियामा दशौं हजार महान् सहिदहरुको रगत र करोडौं नेपाली जनताको रगत र पसिनाबाट बनेको २०६४ साल चैत २८ गते सम्पन्न पहिलो ऐतिहासिक संविधानसभाबाट जनताको संविधान बनाउन साम्राज्यवाद र विस्तारवादको निर्देशन र ग्राण्डडिजाइनमा पहिलो संविधानसभा विघटन गरेर दरवारीया पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई बुझाएर २०७२ सालको पश्चगामी , प्रतिक्रियावादी कालो संविधान बनाएर नेपाली जनतालाई उल्लु बनाउन लाज लागेन यी संसदवादी भ्रष्ट पार्टी र नेताहरुलाई ।
काँग्रेस त जन्मजात राष्ट्रघाति जनघाति पार्टी हो तर २०५२/ ५३ सालदेखि एमालेले महान् झापा विद्रोहका सहिदहरुको व्याज खाने बाहेक नेपाली जनतालाई भेडाबाख्राुरह भोटबैंक बाहेक अरु हेरेन । महाकाली सन्धिमा राष्ट्रघात गरेन उसले पजेरो – प्राडो संस्कृति , महल संस्कृति नेपाली कम्युनिस्ट आन्दोलन भित्र भित्र्याएर आफूलाई कम्युनिस्ट भनाउन र कम्युनिस्टहरूलाई कलंकीत पार्न लाज लागेन उसलाई । भ्रष्ट पञ्चहरुलाई समेतलाई उछिनेर भ्रष्ट बन्न र पञ्च- काँग्रेस , माओवादीहरुसित मिलेर संसार कै पहिलो नम्बरमा पुग्ने गरि भ्रष्टाचार गर्ने , भ्रष्टाचारीहरुलाई , बलत्कारीहरुलाई , हत्याराहरुलाई माफियाहरु , कालाबजारीयाहरुलाई , कालाबजारीयाहरुलाई संरक्षण गर्न र विभिन्न क्षेत्रबाट कमिसन लिने र सरकारमा भएको बेला ठूलो भ्रष्टाचार गरेर अकूत सम्पत्ति पनि कमाउने र आफूलाई कम्युनिस्ट भनाइराख्न एमालेलाई लाज लागेन ।
अर्को दश वर्षे महान् जनयुद्धको समेत नेतृत्व गरेर आएको मूल नेतृत्व समेत रहेको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) केन्द्रले पनि राजा – पञ्च , काँग्रेस , एमाले समेतलाई उछिनेर राष्ट्र र जनघातका श्रृङखला बढाउन र आफूलाई कम्युनिस्ट भनाउन उसलाई लाज लागेन। काँग्रेस – एमाले र पूर्व पञ्चहरुलाई समेत नसकेको विषय १२ बुँदे व्याख्यात्मक भन्दै रकमी भाषा प्रयोग गर्दै अमेरिकी राष्ट्रघाति MCC संझौता गर्न प्रमुख भूमिका खेल्न माओवादी केन्द्र र त्यसका नेताहरुलाई रत्तिभर लाज लागेन ।
सत्तामा पुर्याउने छन् भन्ने आशा बोकेर मनोरोगले ग्रस्त प्रचण्डले कहिले एमालेलाई त कहिले नेपाली काँग्रेसकहाँ पुगेर उता पनि प्रधानमन्त्री , सभामुख र राष्ट्रपति बनाउने र आफू प्रधानमन्त्री बन्ने , फेरि काँग्रेसतिर फर्केर प्रधानमन्त्री , सभामुख र राष्ट्रपति बनाइदिने र आफू प्रधानमन्त्री भएर भ्रष्ट सरकार चलाउने , एमाले , काँग्रेस लगायतका भ्रष्टाचारीहरुलाई संरक्षण गर्न पार्टी भित्रका इमानदार तथा क्रान्तिकारी नेता , कार्य कर्ताहरुलाई खेदेर जनयुद्ध कै विरोध गरेका चरम अवसरवादी भगौडाहरुलाई पार्टी हुल्ने माओवादी आन्दोलन १० टुक्रा हुन्जेलसम्म पनि माओवादी केन्द्र र उसका नेताहरुलाई एकअंश पनि लाज लागेन ।
त्यतिमात्र होइन , एमालेले सत्तामा पुर्याउछ भन्ने आशाले जनयुद्धको सञ्चालन गरिरहे बेला २०५४ साल मै प्रतिक्रियावादी भएको घोषणा गरेर पार्टी पंक्तिमा सर्कूलर गरेका प्रचण्डहरुले २०७५ साल जेठ ३ गते एमालेिसित पार्टी एकता गर्न माओवादी केन्द्र र उसका नेताहरुलाई मुठ्ठीभर लाज लागेन ।
२०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनबाट लाइटले खोज्नुपर्ने भइसकेका काँग्रेस – एमालेलाई संरक्षण गर्ने , देशकै ठूला पार्टी बनाउने र उनीहरूले नै आफूलाई पाभ्यागुतो छटाँई गर्दासम्म लाज लागेन उनीहरूलाई ।
धमिजा काण्ड , लाउडा काण्ड , साउथ चाइना यएर काण्ड , वाइडबडि जहाज काण्डका भ्रष्टाचारीहरुलाई बचाई राख्न र संरक्षण दिइरहन यी भ्रष्ट संसदवादीहरुलाई लाज लागेन । ओमनी काण्ड । पशुपति काण्ड , यति काण्ड , नक्कली भुटानी शरणार्थी काण्ड , ५ खर्ब अबचन गर्ने सहकारी ठगहरुलाई संरक्षण गरिरहन यी भ्रष्ट संसदवादीहरुलाई लाज लागेन । मिटर व्याजी अपराधीहरुलाई बचाउने र जनतालाई बिचल्ली तुल्याउने समेत संसदवादीहरुलाई लाज लागेन ।
राजा – पञ्चहरुले सञ्चालन गरेका उद्योग – धन्दाहरु बेचेर खाने र अन्य रोजगारीका अवसर खोलेर युवाहरुलाई रोजगारी दिलाउनुको सट्टा देशका शक्तिलाई विदेशतिर भौंतारिने र उनीहरूले पठाएको रेमिटेन्सले चलेको भन्न समेत लाज मानेन यी भ्रष्ट संसदवादीहरुले ।
संसारमै गन्हाउन्जेलसम्म भ्रष्ट र अनैतिक भएर सर्वाङ्ग नाँगिएपछि जनताले उनीहरूको सामाजिक सञ्वाल , युटुव , रेडियो , टेलिभिजन आदि सञ्चार माध्यमबाट विरोध आलोचना गर्न थालेपछि अत्तालिँदै ५ वर्ष जेल सजाय र १ करोड जरिभानासम्म गर्ने विधेयक राष्ट्रिय सभामा दर्ता गराउन यी भ्रष्ट संसदवादी पार्टी र नेताहरुलाई रत्तिभर लाज लागेन ।
यसरी नातावाद , कृपावाद , फरियावाद गरेर आफ्नालाई पोष्ने तर जनतालाई गरीब , नांगो बनाएर विदेश पलायन हुन बाध्य तुल्याउने मु संसार भरमै नांगिएपछि त्यसलाई उपयोग गर्न पश्चगामी , प्रतिक्रियावादी राजावादीहरुले मौका पाएपछि र उनीहरू सल्बलाउन थालेपछि भ्रष्ट संसदवादीहरु तर्सेेर अब “पुराना चोरले नयाँ चोर ” को सत्ता लुटिने भयो भनेर तर्सिन थालेर दशतिर मुख फर्काएका
सत्तामाधारीहरु र प्रतिपक्ष संसदवादी शक्ति अहिले लाजै नमानी प्रतिगमनका विरुद्ध एउटै स्वर जावस् भन्ने भाव जनताका बीचमा पुर्याउने भन्दै देशभक्त ईमानदार राष्ट्रसेवक विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई जबर्जस्ती गल्हत्यार चिनपाञ्जीका जस्ता पहेँला दाँतह देखाउँदै कोही सडकमा आएर चिल्लाइरहेका छन् , भने कोही उनीहरूका विरुद्धमा सडकमा नारा लगाउन आएका युवाहरुलाई गोली ठोक्दै हत्या गर्दै हिंडेका छन्।
अब पुराना चोरहरुले नयाँ चोरहरुको भाग खोस्ने गरि सडकमा आउन थालेपछि।अब भाग खोसिने भो भन्दै नयाँ चोरहरु एउटै कित्तामा आउन थालेका छन्।
यसको संकेत कुलमान घिसिङलाई हटाएको बारेमा प्रधानमन्त्री केपी ओलीले संसदमै आएर जवाफ दिनुपर्छ भनेर संसदका बैठकहरु अवरुद्ध गर्दा मैले उनलाई हटाएर जवाफ दिइसके भनेर ओठे जवाफ दिएका केपी अब संसदमा आफै उभिएर जवाफ दिन तयार भएको प्रचार गरिएको छ।
यति मात्रै होइन , अब पञ्चायतकालमा चाङ्ग्रेसमाएले संयुक्त सरकार बनाएको देख्नुपर्ने स्थिति ल्याउन सक्छन्। किनभने कुनै राजनीतिक नीति , दर्शन , आस्था नभएका र सत्ता स्वार्थमा झगडा गरिरहेकाले एउटै कित्तामा आउन उनीहरूलाई अब पनि शायदै लाज लाग्दैन होला !
राजावादीहरु सल्बलाउन थालेपछि भ्रष्ट यथास्थितिवादी ससदवादीहरु सुध्रिनु पर्छ यही संसदीय व्यवस्थालाई सुधार्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ र भ्रष्टहरुका बुध्दिजीवि सहयोगीहरुले सुध्रिनुपर्ने सल्लाहकार दिन थालेका छन् । यो विकल्प होइन । किनभने संसदीय व्यवस्था असफल भइसक्यो ।
यसको वास्तविक विकल्प र अनिवार्य रुपमा हुनुपर्ने कुरा के हो ७६ वर्षदेखि यता सञ्चालन हुँदै आइरहेको महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी अधिनायकत्व कायम गरि मार्क्सवाद – लेनिनवाद – माओवादको सिध्दान्तको मापदण्डअनुसार वैज्ञानिक समाजवादमा प्रवेश गरेर वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्नु सच्चा विकल्प र एक मात्र निकास हो ।
यसका लागि नेपालका कम्युनिस्ट भनिएका , भनाइएका र सच्चा क्रान्तिकारी हामीले नै हौं भन्नेहरुले आ- आफ्ना कित्ताहरु स्पष्ट गर्न जरुरी हुन्छ। क्रान्तिकारी भनिनेहरु पनि यथास्थितिवादी संसदीय जस्ता र यथास्थितिवादी संसदीय कम्युनिस्टहरू पनि क्रान्तिकारी जस्ता देखिने , देखाउने र जनतालाई ढाँट्ने गरेको स्थिति छ । यो समस्या १० चिरानमा विभाजित भएका दश वर्षे माओवादी जनयुद्धबाट आएका कम्युनिस्टहरूको हो।
काँग्रेस जन्मजात राजावादी हो । अहिले पनि नेपाली काँग्रेस भित्र ७५ प्रतिशत राजतन्त्रका पक्षधर रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) पनि राजावादी , राजतन्त्रवादी पार्टी हो । किनभने तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल दुई रुपैयाँको नोट खुट्टामा ढोग दिएर प्रधानमन्त्री बनाई बक्स्योस महाराज भन्दै राजा ज्ञानेन्द्र शाहलाई खुट्टामा ढोग दिएको अहिलेसम्म पनि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति हेर्न सकिन्छ ।
अर्को प्रमाण २०६२/ ६३ सालको १९ दिने ऐतिहासिक जनआन्दोलन उभारमा आएको बेला तत्कालीन एमालेका नेता , पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओलीलाई ज्ञानेन्द्र शाहले पकडेर महारजगंज स्थित प्रहरी तालिम केन्द्रमा राखेको थियो। देशव्यापी रुपमा जनआन्दोलन ठूलो मात्रामा उभारमा आएको देशभर कर्फ्यु लागु गरिएको थियो । शाही सेना परिचालन गरिएको थियो।
सेनाद्वारा आन्दोलनकारीहरुको हत्या भइरहेको थियो बेला ” केपी ओलीले वैयल गाडा चढेर अमेरिका पुगिँदैन , कुँइनोले ठोकेर पहाड भत्किदैन, राजा पनि एउटा शक्ति हो , आन्दोलन होइन वार्ता गर्नुपर्छ ” भन्दै महाजगंजको पुलिस खोरबाट हात हल्लाउँदै आउनु भएको भिडियो अहिले पनि हेर्न सकिन्छ र कसैले बिर्सेको छैन ।
त्यसैले यदि जनमत संग्रह गर्ने हो भने एमाले राजा , राजतन्त्रको पक्षमा मतदान गर्ने निश्चित छ र एमाले भित्र केपी ओलीका विरुद्ध चू सम्म गर्ने मान्छे छैन र भयो भने ऊ दोस्रो भीम रावल हुने अवस्था छ ।
अन्तिममा सोच्ने र फैसला गर्ने भनेका माओवादीहरु हुन् । बाँकीलाई हेर्नुपर्ने छ ।
( लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ) ।