संसद् बैठक बस्दै,कुलमानबारे आज विपक्षीलाई जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आइरहेका छन्।

आइतबार बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिन लागेका हुन्।