सुनचाँदीको मूल्य घट्यो,तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको सुन आज प्रतितोला ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन एक लाख ७९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर दुई हजार २० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।