रजक र महर्जनका परिवारलाई राहतस्वरुप १० लाख दिने गृहको निर्णय
काठमाडौं। गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०/१० लाख रूपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार बुधवार बसेको मन्त्रीस्तरीय बैठकले सो राहत दिने निर्णय गरेको हो। उनले गृह मन्त्रालयको सो निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने जानकारी दिए।
राजतन्त्र पक्षधरले गत शुक्रवार काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा रजकको मृत्यु आगजनीमा परेर भएको थियो भने महर्जनको मृत्यु प्रहरीको गोली लागेर भएको थियो।