ड्रीम कन्सल्टेन्सीद्वारा विद्यार्थीलाई ठगी: सम्बन्धित निकाय मौन,कन्सल्टेन्सीको नाममा मेनपावर बनाउनेमाथि कसले गर्छ कारबाही ?
काठमाडौं।नेपालको संघीय राजधानी काठमाडौंको मुटुमा रहेको पुतली सडकमा सञ्चालित एक कन्सल्टेन्सीबाट सयौं युवाहरू ठगिएको समाचार प्राप्त भएको छ।
देशको अस्थिर राजनीति अनि हाल युवाहरु अति बेरोजगारका कारण भौतारीरहेको अबस्थामा भटाभट विदेशीने लहडको होडबाजीका वीच सो कन्सल्टेन्सीले ठगी धन्दा चलाएको पाइएको छ।
देशमा आफ्नो बारे अर्थात भविष्य बारे केही नदेखेपछि शिक्षा र करियरका लागि बाध्यताले विदेश जान चाहने विद्यार्थीहरूलाई परामर्श दिने नाममा ड्रीम कन्सल्टेन्सीले ठगी गरेको आरोप यस अगाडि पनि नलागेको होइन।
ड्रीम कन्सल्टेन्सीबाट पीडितभएका विद्यार्थीहरूको अनुसार “कन्सल्टेन्सीले महँगो शुल्क लिएर विदेश अध्ययनका लागि पठाउने गरेकाे भएपनि त्यसपछि भने अनुसार सेवा उपलब्ध नगराएको र रकम हड्पेको सो कन्सल्टेन्सीबाट पिडित भएका विद्यार्थीहरुले दाबी गरेका छन्। कन्सल्टेन्सीबाट पिडित भएकी एक विद्यार्थी भन्छिन् ” यसले विद्यार्थीहरूलाई निराश र त्रास बनाएको छ ।
स्राेतका अनुसार ड्रीम कन्सल्टेन्सीका मालिक दिपेन्द्र थापाका रहेका र उनले ठगी धन्दा चलाउँन शिक्षा मन्त्रालयदेखि विभिन्न राजनितिक दलका नेता र नेपाल प्रहरीलगायत सम्बन्धि निकायसँग राम्रै आर्थिक गठजोड गरेको आरोप समेत लाग्नेकाे छ।
विद्यार्थीहरूको भनाइ अनुसार ड्रीम कन्सल्टेन्सीले विदेशी विश्वविद्यालयहरूमा भर्ना गराउने र काम पनि सजिलै पाउने वचन दिने गरेकाे बताउछन्। उनी भन्छन्, कन्सल्टेन्सीका कर्मचारीहरुले आकर्षक प्रचार गर्दै विदेश अध्ययनको प्रक्रिया सजिलो बनाउने आश्वासन दिने गरेपनि रूपैयाँ बुझाइ सकेपछि विभिन्न वहाना बनाउदै दुख दिने गरेकाे बताइन्छ।
हातमुख जोड्न नै गार्हो पर्ने विद्यार्थीका गरिब बाबुआमाका छोराछोरी भन्छन् हामीले जसरी पैसा तिरेका थियौं, त्यसैगरी हामीले कि पैसा फिर्ता पाउनु पर्याे हाेइन भने भनेअनुसार विदेश पठाउनु पर्याे महिनाैंदेखि विद्यार्थीलाइ आज-भोली भन्दै दुख दिने काम भएको गुनासो गरे।यस्ता दलालहरुलाई जिसरी हुन्छ कानुनी कारबाही गर्नुपर्छ।
सो कन्सल्टेन्सीका कर्मचारीहरूले आफ्नो नाम मिडियामा आउने डरले होला सायद हामीले फाेन गर्दा कुनै स्पष्ट जानकारी दिन मानेन। पीडित विद्यार्थीहरु भन्छन् खै यस्ता ठगले पनि कसरी कन्सल्टेन्सी चलाएको हो,एक विद्यार्थीले भनिन ठग मालिकले हामीलाई पनि झुक्यायो।त्यस्तै अब हामी कानूनी प्रक्रिया अगाडि बढ्ने तयारी गरिरहेका छौँ। उनले भनिन्, ती विद्यार्थीहरुले भने हामि कानुनी प्रक्रियामा जानका लागि तयारी गरिरहेका छौं।
यस घटनाबारे समाचार प्रकाशित भएपछि कन्सल्टेन्सीका सञ्चालकले पत्रकारलाई हरियो घाँसको स्वाद चखाएर समाचार हटाउन लगाएको स्राेतले बताउछँ। स्रोतका अनुसार, कन्सल्टेन्सीले समाचारमा उल्लेखित आरोपहरूको खण्डन गर्न नसकेर पत्रकारलाई समाचार हटाउनको लागि आर्थिक चलखेल गरेको बताइन्छ।
स्राेतका अनुसार एक अनलाइन मिडियामा समाचार प्रकाशित गरेपछि सञ्चालक थापाले अरू कुनै चिनेको पत्रकारलाई कुरा गर्न लगाई समाचार हटाएर हिरियो घाँसमा बिकाएको समेत स्राेतकाे दाबी छ।
बेरोजगार यस्ता युवाहरु एकातिर ठगिनु र अर्कोतिर सञ्चार माध्यमको नाममा राज्यको चौथो अंङ्ग हिरीयो घाँसमा विक्नुले स्वतन्त्र पत्रकारिताको धज्जी उडेको आभाष भएको छ। भने पत्रकारीताको स्वतन्त्रता र साँचो जानकारी बाहिर ल्याउने कर्तव्यमा गम्भीर प्रश्न उब्जिएको छ। पिडित युवती भन्छिन् “यो त केवल एक व्यक्तिको गल्ती होइन, यो सम्पूर्ण समाजको जिम्मेवारी हो कि हामी सत्यलाई उजागर गर्दा पैसामा मिडिया किन्ने काम हुन्छ।
विद्यार्थीहरूको यो दुखद अनुभव अन्य विद्यार्थीलाई समेत असर पारिरहेको छ। हामी अब चुप बस्दैनौँ। हामीले रकम तिरेका थियौं र अब हामी त्यसको न्याय माग्नेछौं, एक विद्यार्थीले भनिन्। पीडित विद्यार्थीहरूले कन्सल्टेन्सीविरुद्ध कानुनी कारबाहीमा जाने तयारी गरेका छन्।
हामीलाई विश्वास थियो कि कन्सल्टेन्सीले हाम्रो भविष्य निर्माणमा सहयोग पुर्याउनेछ, तर अहिले हामी ठगीको शिकार बनिरहेका छौँ। हामी सबै मिलेर यो मुद्दा उजागर गर्नेछौं, एक अर्का विद्यार्थीले भने।
यो घटनाले केवल ठगीको विषयलाई मात्र होइन, पत्रकारिताको नैतिकता र स्वतन्त्रता पनि प्रश्न उठाएको छ। समाचार हटाउने प्रयासले थाहा दिएको छ कि केही शक्तिशाली व्यक्तिहरू सत्यलाई दबाउन चाहे पनि, समाजको जिम्मेवारी र पत्रकारको दायित्व भने अझै बलियो छ। पत्रकारितामा विश्वास राख्ने जनता अझै पनि सत्यको पक्षमा उभिएका छन्।
विद्यार्थीहरूको संघर्षले कन्सल्टेन्सीमाथि थप दबाब बढ्ने छ,र समाजमा शिक्षा र सेवा क्षेत्रका अनियमितताका विरुद्ध आवाज उठाउने एक महत्वपूर्ण कदमको आरम्भ गरेको छ। यस घटनाले शिक्षा प्रणालीको पारदर्शिता र कन्सल्टेन्सी सेवाहरूको विश्वसनीयता जाँच्ने आवश्यकता राखेको छ।