पच्चिस करोडका मालिकको पहिचान खुल्यो, आदालतबाट पक्राउ पुर्जी जारी
काठमाडौं। टोखाबाट प्रहरीले बरामद गरेको २५ करोड रुपैयाँको मालिकको पहिचान खुलेको छ।
गत चैत ४ गते ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले उक्त रकमसहित सिन्धुपाल्चोकका ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो ।
उनको वयान र शंका लागेका व्यक्तिमाथिको सुक्ष्म अनुसन्धानबाट उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको निष्कर्षमा प्रहरी पुगेको हो । पौडेलसम्बन्धमा अदालतबाट पक्राउपुर्जी जारी भइसकेको छ ।
चालक लामाको बैंकखाता र फोन सम्पर्कबाट पौडेल नै उक्त रकमको मालिक भएको बताउँदै एक प्रहरी अधिकृतले सीसीटीभी फुटेज र डिजिटल डिभाइको विश्लेषण, उनको घर, कारोबार स्थल, गोदाम लगायतका ठाउँमा खानतलासी समेत भएको बताए ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले सम्बन्धि व्यक्त्लिाई पक्राउ गरेर जिम्मा लगाउन प्रहरीलाई पत्राचार समेत गरेको छ।