माओवादीको जागरण अभियान पुनः सुरू

फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान पुनः सुरू भएको छ । १२ फागुनदेखि सुरू भएको जागरण अभियान दुई पटक स्थगित गरिएको थियो । विधिध कारण दुईपटक स्थगित अभियान बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेबाट पुनः सुरू गरेका हुन् ।

जागरण अभियान नवलपरासीबाट सुरू गर्ने भनिएपनि अनेमसंघ क्रान्तिकारीको लुम्बिनी प्रदेश दोस्रो सम्मेलनको बुधबार उद्घाटनपछि प्रचण्डले बाँकेबाटै अभियान सुरू भएको बताएका हुन ।

अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो । त्यसपछि चैत ६ गते पुनः सुरू भएको जागरण अभियान चैत ११ गते स्थगित भएको थियो । अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको छ ।

माओवादी केन्द्रका अनुसार अब गण्डक क्षेत्र हुँदै सुदूरपश्चिमसम्म अभियान अन्तर्गका कार्यक्रम हुनेछ । नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ ।