रक्सी खाएर उपमेयरसँग लफडा,अवकाश हुनै लागेका अधिकृत पक्राउ
काठमाडौं। बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन्। कार्यालय समयमै मदिरा सेवन गरी उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका आचार्यलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
उपमेयर पाण्डेका अनुसार मदिराको नशामा कार्यकक्षमा आएर टेबल ठोक्दै आर्चाले सडक छाप बनाईदिने, घर जलाईदिने जस्ता धम्की दिएका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। आचार्य आगामी वैशाख १४ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्।