तीनकुने घटनाले राजावादी पतनको बाटोमा,गणतन्त्रवादीलाई अवसर ?

काठमाडौं। राजावादी भर्सेस गणतन्त्रवादीको धुव्रीकरण बढेका बेला विकल्प भनिएकाहरु सक्रिय बनेका छन्। कित्ता क्लियर गर्नुपर्ने दवाव र आफू स्थापित हुने मौकाका कारण रवि–बालेनहरु फाइदा उठाउन लागी परेका हुन्। जसले गणतन्त्रवादीलाई समेत राहत मिल्दा उनीहरुले खोजेको के हो त ?

अबको विकल्प के भन्दै राजावादी र गणतन्त्रवादी भिडिरहँदा विकल्प भनिएकाहरुसमेत सक्रिय बनेका छन्। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हुने बहसकाबीच उनीहरु आफ्नो उपस्थिति देखाउन लागी परेका हुन्। एकातर्फ कित्ता क्लियर गर्नुपर्ने बाध्यता र अर्कातर्फ दुईवटै शक्तिमाथि प्रश्न गर्नेहरु बढेको अवस्था।

यसले आफूलाई फाइदा पुग्ने देखेरै उनीहरुले सक्रियता बढाएका हुन्। जसको पछिल्लो उदाहरण बनेका छन् रवि लामिछाने,गणतन्त्रवादीहरुले हेपेका र राजावादीमा जान नसकेका उनी सहकारी मुद्दाले थलिँदै आएका थिए।

बढीबोले सहकारी ठगीको मुद्दामा पर्सामा जाकिन सक्ने अवस्था। यही कारण मौन बसेका उनी मौकाको खोजीमा थिए । जहाँ सडकमा देखिएको असन्तुष्टिकाबीच कसैमाथि प्रहार गर्न नहुने रास्वपा नेताहरुको दबाबमा पार्टी थियो।

अर्कातर्फरास्वपाको कित्ता क्लियर गर्न गणतन्त्रवादीले दवाव दिदाँ विकल्प दाबी गर्ने उनको सक्रियता गणतन्त्रवादीका लागि समेत फाइदाजनक हुने अवस्था छ। 

समय आएपछि बोल्छु भन्ने लामिछानेराजावादी र गणतन्त्रवादीको धुव्रीकरण बढेको समय उपयोग गर्ने रणनीतिमा लागेको पक्का छ । अहिले उनी रास्वपाको सभापतिको जिम्मेवारीमाफर्किंदै नियमित काम थालिसकेका छन्।

त्यस्तै सांसद पद फिर्ता गरिदिन सभामुख देवराज घिमिरेलाई समेत भेटिसकेका लामिछानेसांसद पद निलम्बनविरुद्ध अदालत जाने तयारीमा छन्। सँगै राजावादीको आन्दोलनमा राजतन्त्र चाहनेमात्र नभएको भन्दै सन्तुलन मिलाएका उनले सरकारमाथि पनि प्रहार गर्न थालिसकेका छन्।

त्यस्तै तीनकुने घटनामा समेत न्यायिक छानबिन हुनुपर्ने माग राखेर दोहोरो प्रहारबाट बचेका उनलेगणतन्त्रवादीको सूचीमा हस्ताक्षर गर्न इच्छुक नभएको प्रष्ट पारेका छन्।

यता गणतन्त्रवादी दलहरु समेत केही हदसम्म उनलाई प्रयोग गर्ने रणनीतिमै देखिन्छन्। कि राजतन्त्र स्वीकार्ने कि त विकल्प दिने भन्ने बहसकाबीच लामिछाने निराश बनेका नागरिकको एकहिस्सा कम गर्ने अस्त्र बन्न सक्ने अवस्थासमेत छ।

जुन बहस राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै ल्याएको उभारको अवस्थामा समेत भएको थियो। यसबाहेक काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलेसमेत यही अवसर उपयोग गर्ने रणनीति लिएका छन्।

अघोषित रुपमा राजावादीको ट्याग खेपिरहेका उनी निर्मलनिवासलाई पत्र काटेर यो आरोपबाट बच्दा एमाले जस्ता पार्टीको समेत प्रशंसा पाइरहेका छन्।

जसले अबको विकल्प ज्ञानेन्द्र शाह नभई बालेन्द्र शाह भएको बहसलाई अझ चर्चामा ल्याउँदा उनी गणतन्त्रको सुन्दर फूलको उपमा स्थापित गर्ने बाटोमा देखिन्छन्।

जहाँ राजावादीकै तातिएको माहोलका बीच सरकारमाथि अपाच्य गाली गर्ने र गाड्नेसम्मको चेतावनी दिने अनि राजावादीलाई समेत पत्र काट्ने उनको यो कदमसमेत रविकै रणनीतिभन्दा फरक छैन । यही कारण पूर्वराजालाई घेराबन्दी गर्ने गणतन्त्रवादीको आँटसमेत बढेको छ ।

हुन त तीनकुने घटनाले नै राजावादी आन्दोलनमा कालो पोतेको छ । जहाँ उठिसकेको मुद्दा नेतृत्वविहीनताकै अवस्थामा पुग्दा राप्रपा यो सबै समेटेर जान सक्ने अवस्थामा छैन।

त्यसबाहेक गणतन्त्रवादीहरु समेतकम्तिमा व्यवस्थाका विषयमा एक ठाँउमा देखिँदारवि बालेनेको यो रणनीतिलेसमेत विकल्प चाहिने राजावादीको मुद्दालाई कमजोर पार्न सक्छ।

अबबाँकी रहेको हिन्दुधर्मको विषयमा समेत ठूला दल नै सकारात्मक देखिँदाराजावादीलाई कमजोर पार्ने अस्त्र बनेर विकल्प भनिएकाहरुले फाइदा उठाउने अवसर देख्नु स्वभाविक देखिन्छ।