घिसिङ र शाक्य दुवैको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवै जनाले हालेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि भएको सुनुवाइ सकिएपछि केहीबेरअघि फैसला भएको हो।

कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै पुनर्बहालीको माग राख्दै दायर गरेको रिटमा भने अग्राधिकार दिइएको छ।

नवनियुक्त हितेन्द्रदेवले भने ४ वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिवेला दायर गरिएको रिटलाई भने सर्वोच्चले अग्राधिकारमा राखेको छैन।कुलमान र हितेन्द्रदेव दुवैको रिटमाथि सर्वोच्चले एकैसाथ सुनुवाई गरेको थियो।