७ मधेशवादी पार्टीले गठन गरे संघीय लोकतान्त्रिक मोर्चा
काठमाडौं। मधेशवादी ७ वटा राजनीतिक दलले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेको घोषणा गरेका छन्। बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच ७ वटा मधेशवादी राजनीतिक दलले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन्। मोर्चामा तराईरमधेशकेन्द्रित ७ राजनीतिक दलहरु आबद्ध छन्।
जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले संयुक्त मोर्चा घोषणा गरेका हुन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामर्थ्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्नरगराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूबीच क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिबद्धता रहेका छन्।