सुनकाे मूल्यमा भारी गिरावट,ताेलामा कति ?
काठमाडौं। नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ।
बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदी पनि तोलामा १२५ रुपैयाँले घटेर १ हजार ८७० रुपैयाँ कायम भएको छ। बिहीबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।