काठमाडौंमा अछामी कुँवर बन्धुहरूको भेटघाट कार्यक्रम आयोजना हुने

काठमाडौं। काठमाडौं उपत्यकामा बसोबास गर्ने अछामी कुँवर बन्धुहरूको भव्य भेटघाट कार्यक्रम आयोजना हुने भएको छ। अछाम कुँवर समूह, काठमाडौं उपत्यकाको आयोजनामा यहि चैत्र २३ गते शनिबारका दिन नयाँ बानेश्वरस्थित मिनभवन क्याम्पसमा दिउँसो १२:३० बजे कार्यक्रम आयोजना गरिने  सुशील कुँवरले जानकारी दिए।

समूहका प्रतिनिधि कुँवरका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य काठमाडौं उपत्यकामा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका विभिन्न पेशा, व्यवसाय, शिक्षा तथा अन्य क्षेत्रमा संलग्न अछामी कुँवर समुदायका सदस्यहरूलाई एक ठाउँमा ल्याउने, आपसी चिनजान गराउने र सामाजिक एकता मजबुत बनाउने रहेको बताए।

समुदाय सशक्तीकरणमा केन्द्रित कार्यक्रम

आयोजकका अनुसार, यो भेटघाट कार्यक्रम कुँवर समुदायबीचको आत्मीयता वृद्धि गर्ने मात्र नभई पारस्परिक सहयोगका सम्भावनाहरू खोज्ने थलोसमेत हुनेछ। कार्यक्रममा सहभागीहरूबीच अनुभव आदान–प्रदान, समुदायलाई अघि बढाउन आवश्यक पहल, शिक्षादिक्षा, रोजगारी तथा उद्यमशीलतासम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ।

सबै कुँवर बन्धुहरूलाई उपस्थितिको आग्रह

कार्यक्रम आयोजक अछाम कुँवर समूह, काठमाडौं उपत्यकाले सम्पूर्ण कुँवर दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई यो अवसरलाई फलदायी बनाउन हार्दिक अनुरोध गरेको छ। आयोजक समितिले उपस्थित सदस्यहरूका लागि विविध कार्यक्रमसमेत समावेश गरिने जानकारी दिएको छ।

यो कार्यक्रमले काठमाडौं उपत्यकामा रहेका अछामी कुँवर समुदायका सदस्यहरूबीच नयाँ सञ्जाल बनाउने र आपसी सहयोग अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको सुशील कुँवरले बताए।