बुटवल उच्च अदालतमा रवि र छविको सुनुवाइ सकियो
काठमाडौं। बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतले दिएको आदेश खारेजीको माग गर्दै रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीले उच्च अदालतमा दर्ता गरेको रिटमा सुनुवाइ सकिएको छ।
जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए। उक्त रिटमा शुक्रवार बहस सकिएको अदालतकी वैतानिक वकिल कपिला शर्माले जानकारी दिइन्।